Logo

अमेरिकी सरकारले प्रदान गर्ने राहत कस्ले कति पाउँछ



अमेरिका, २४ चैत्र । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा ६६ लाख मानिसले रोजगार गुमाइसकेका छन् । यसलाई दृष्टिगत गरी अमेरिकी सरकारले राहत प्रदान गर्ने भएको छ ।

अमेरिकामा नेपालीहरु पनि छन् । अमेरिकाको स्थायी बासिन्दा भइसकेका उनीहरुले त्यहाँको कानुन अनुसार राहत पाउनेछन् । रोजगारी गुमाएका र फर्म भरेकाहरुले राहत पाउने भएका हुन् । फर्म भरेका राहत पाउन योग्य भएकाहरुलाई अमेरिकी सरकारले अप्रिलको तेश्रोसातासम्म खातामा रकम पठाउने भएको छ । त्यस्तो रकम पाउन अमेरिकी करदाता हुनुपर्नेछ ।

विगतमा ट्याक्स फाइल गरेका र आईआरएससँग डाइरेक्ट डिपोजिट विवरण भएकाहरुको खातामा नै रकम पठाइने बुझिएको छ ।
७५ हजारभन्दा कम आम्दानी भएका एकल र १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले १२ सय र २४ सय डलरको चेक पाउनेछन् । त्यो भन्दा बढी आम्दानी भएकाहरुले पाउने रकम कम हुँदै जानेछ ।

कति आम्दानी भएकाले कति रकम पाउनेछन् । यस्तो हिसाब निस्कनेछ:

अमेरिकी सरकारले सन् २०१९ को आम्दानी अनुसार राहत रकम दिने तय गरेको छ । सन् २०१९ मा एकमात्र परिवार सदस्य भएकोले १२ हजार डलर कमाएको छ भने १२०० डलर राहत पाउनेछ । परिवार सदस्य दुईजना छ भने सोही बराबर रकम आम्दानी गरेकाले २४०० डलर राहत पाउनेछ । बालबालिका छन् भने प्रति बालबालिका बराबर ५०० डलर थपिनेछ ।



प्रतिक्रिया दिनुहोस्