Logo

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्य जटिल



एजेन्सी, २५ चैत्र । कोरोना भाइरसको संक्रमण बिग्रिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था जटिल भएको छ । उनलाई सघन उपचार कक्षमा सारिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाले जोनसनको कोरोना भाइरसको लक्षण बग्रिएको उल्लेख गरेका छन् । निवासमै आइशोलेशनमा बसेका जोनसन केही दिन अघि अस्पताल भर्ना भएका थिए । उनलाई आज सघन उपचार कक्षमा सारिएको जनाइएको छ । उनलाई सोमबार साँझ अक्सिजन दिइएको उल्लेख छ ।

सघन उपचार कक्षमा राखिएपछि जोनसन निकै थलिएको हुनसक्ने जनाइएको छ । तर, उनलाई भ्यान्टिलेटर नदिइसकिएको जनाइएको छ ।
जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । राबले टिम स्पिरिटमा आफूहरु काम गरिरहेको बताएका छन् । यो निमोनिया गराउने भाइरस भएको र फोक्सोमा आक्रमण गर्ने खालको हो ।

सघन उपचार कक्षमा विरामीको स्वास्थ्य अवस्था जटिल भएपछि राखिन्छ । जहाँ चिकित्सकहरुले २४ सै घन्टा निगरानीमा उपचार गर्छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot