Logo

‘अकालमा मर्नुपर्ने अवस्था आउन दिन्नौँ’



काठमाडौँ, २५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको राम्रो तयारी गरेकाले कसैले पनि अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना नहुने बताएको छ ।

प्रदेशमा कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सरकार सक्रिय रहेको छ भन्दै मुख्यमन्त्री गुरुङले सोमबार कुराकानीका क्रममाा बताएका थिए । ‘‘सङ्क्रमण फैलिन नदिने एक मात्र उपाय सामाजिक दूरी बढाउनु हो, त्यसैले घरमै बस्नुस् । ’’ कोही विदेशबाट आउनुभएको वा कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेको छ भने सुरक्षित क्वारेन्टाइनमा बस्नुस्, सङ्क्रमण देखिए अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना हुन दिन्नौँ, त्यसका लागि आवश्यक तयारी प्रदेश सरकारले गरिरहेको छ, मुख्यमन्त्री गुरुङले बताए ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न धेरै प्रयास गरिरहेको र सङ्क्रमित भेटिएपछि त्यसको सफल उपचारको समेत व्यवस्थापन गरिएको बताएका छन् । उनले अहिलेसम्म प्रदेशको बागलुङमा बेल्जियमबाट आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ, सङ्क्रमण पुष्टि भएसँगै हामीले उनीहरूको उपचारका लागि आवश्यक कामहरू अगाडि बढाएका छौँ उनले भने ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकबाट नीतिगत तयारीसँगै सङ्घीय सरकारसँग समन्वय गर्न उच्चस्तरीय समिति, निर्देशक समिति, स्थानीय व्यवस्थापनका लागि सचिवालयसँगै १० वटा समिति गठन गरेर अगाडि बढिरहेको गुरुङले बताएका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिनका लागि बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई आइसोलेसनमा राख्ने र सङ्क्रमित पुष्टि भएकालाई उपचार गर्ने गरी काम अगाडि बढाइएको छ ।

गण्डकी प्रदेशभरि तीन हजार तीन सय व्यक्ति अट्न सक्ने गरी हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका र विदेश वा बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् ।यस्तै सम्भावित सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई राख्नका लागि पोखरामा १०० शøया र हरेक जिल्लामा पाँच/पाँच शøयाको आइसोलेसन वार्ड तयार गरिएको मुख्यमन्त्री गुरुङले बताएका छन् । स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनहरू मापदण्ड पुगेका छन् कि छैनन् भन्ने विषयमा अनुगमन भइरहेको र मापदण्ड नपुगेको भए त्यसलाई सुधार गरेर सुविधा थप गर्ने गरिएको उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्