Logo

वैशाख ३ सम्म लकडाउन



काठमाडौं, २५ । सरकारले वैशाख ३ गतेसम्मका लागि लकडाउन (बन्दाबन्दी) लम्ब्याएको छ । चैत ११ गतेदेखि लकडाउन गरिएको थियो । लकडाउनको समय अवधि मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः आठ दिन समय थप गर्ने निर्णय गरेको छ ।

‘सरकारले देश तथा विदेशको समग्र अवस्थाको मूल्यांकन गरी लकडाउनको समय अवधि थपेको हो । गृहमन्त्री रामबहादुर थापाले भने, ‘अब वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णयमा सरकार पुगेको छ।’ शनिबार मन्त्रिपरिषद्ले नै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा आवागमन नियन्त्रण गर्ने निर्णय लिएको थियो।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो। त्यसयता कोरोना संक्रमितको संख्या नौ पुगेको छ। तीमध्ये ८ जना आइसोलेसनमा उपचाररत छन्। एक जना निको भई घर फर्किएका थिए।



प्रतिक्रिया दिनुहोस्