Logo

काम गुमेपनि राज्यबाट पाउने बेरोजगारी बीमाका लागि योग्य हुनुभएन ? नआत्तिकन यसो गर्नुहोस्



काठमाडौँ, २५ चैत । यदि तपाईले कोरोनाको महामारीका कारण काम गुमाउनुभएको छ भने संघीय सरकारबाट पाउने हप्ताको ६ सयसहित वेरोजगारी रकम प्राप्त गर्नुहुनेछ । तर तपाई त्यो रकम कसरी प्राप्त गर्ने भन्नेबारेमा अन्यौलग्रस्त हुनुहुन्छ भने तपाई ठीक ठाउँमा आउनुभएको छ ।

हामीले तपाईका केही परिदृश्यसहित तपाईले चाल्नुपर्ने कदमबारे जानकारी दिदैछौं । तपाईले उक्त रकम चाल्नुपर्ने कदम तपाईको अवस्थाका आधारमा भरपर्छ । पहिलो, यदि तपाईको पहिलेदेखि नै बेरोजगारी बिमाबाट रकम पाउन स्वीकृत भइसक्नुभएको छ भने तपाईले केही पनि गर्नुपर्दैन । तपाईले राज्यबाट प्राप्त बेरोजगारी बीमाका साथसाथै अप्रिल ५ पछि जुलाई ३१ सम्म हरेक हप्ता थप ६ सय डलर प्राप्त गर्नुहुनेछ ।

यदि तपाईले कोरोनाको महामारीका कारण भर्खरै काम गुमाउनुभएको हो र तपाई नियमित वेरोजगारी विमाबाट पाउने रकमका लागि योग्य हुनुहुन्छ भने अनलाइनमा गएर आवेदन दिन सक्नुहुनेछ । आवेदन दिएपछि तपाई योग्य हुनुभयो भने तपाईले वेरोजगारीबीमाबाट पाउने रकम प्राप्त गर्नुहुनेछ । साथसाथै अप्रिल ५ पछि जुलाई ३१ सम्म हरेक हप्ता थप ६ सय डलर प्राप्त गर्नुहुनेछ ।

तर तपाई सेल्फ इम्प्लोयड हुनुहुन्छ वा पार्ट टाइम कामदार हुनुहुन्छ र परम्परागतरुपमा राज्यबाट पाउने वेरोजगारी बीमा आवेदनका लागि योग्य हुनुहुन्न भनेपनि तपाईले राज्यकै वेवसाइटमा गएर अन्य सरह वेरोजगारी बीमाका लागि आवेदन दिनुपर्छ । यदि तपाईको आवेदन स्वीकृत भयो भने तपाईले केही गर्नुपर्दैन । वेरोजगारी बीमाबाट आउने रकमका साथसाथै हप्ताको ६ सय पनि पाउनुहुनेछ । तर यदि तपाईको आवेदन अस्वीकृत भयो भने पनि चिन्ता नगर्नुहोस् । तपाईले पेन्डेमिक अनइम्प्लोयमेन्ट एसिस्टेन्ट पीयुएका लागि आवेदन दिनसक्नुहुनेछ । त्यसका लागि योग्य भइसकेपछि तपाईले हरेक हप्ता पेन्डेमिक अनइम्प्लोयमेन्ट एसिस्टेन्टबाट रकम पाउनुहुनेछ । र, साथसाथै संघीय सरकारले दिने हप्ताको ६ सय पनि पाउनुहुनेछ । (खसोखास डटकमबाट)



प्रतिक्रिया दिनुहोस्