Logo

पिडामा अमेरिकन नेपाली



सुजित कुमार खड्काः अमेरिकावासी नेपाली दाजुभाइ दिदि बहिनि एबम आफन्त तथा मान्यजन सबैमा यति खेर अमेरिकामा मात्र नभई विश्वभरी कोभिड-१९ ले निम्ताएको भयावह एवं बिकराल महामारीको अबस्थाबाट हामी गुज्रीरहेका छौं । विभिन्न पेसा बेयबसाय अनि उच्च शिक्षा हासिल गर्न स्वर्ग नै यहि हो भनि भौतारिदै भौतारिदै आएका हामी आज कोरोना भाइरससँग लड्दा लड्दै आफ्नो प्राण कतिपयको मृत्यु भइसकेको छ । संसारमाथि नै बिजय प्राप्त गर्दै आएको मानब जाति आज एक भाइरस सामु निरिह बन्न पुगेको छ जसका कारण हजारौ हजारले बलिदान चदिन बाध्य भएका छन् ।

आज हजारौको ज्यान अस्पतालको सैयामा छटपटाइरहेका छन् । आखिर यो कहिले सम्म जाने हो टुंगो अझै छैन । औषधी कम्पनि रातदिन नभनी काम गर्दै छन् प्रयोशालामा नया नया औसधि टेस्ट हुदै छन् तैपनि यसको सिङ्ग पुछार अझै पता लगाउन सकेको छैन । कोरोना भाइरसको रोकथामका लागि के के गर्नुपर्छ महसुस भैसक्यो । तर, यो सबै हाम्रै लागि सुरक्षित रहन गरिएका उपाय मात्र हुन् । संसार कै लागि महासंकट एबम महामारी साबित कोभिड-१९ को नियन्त्रणका प्रयासबाट यसको रोगथाम र निराकरण सम्भब छ भन्ने आशा मात्र हामीमा जीवित छ । आशा एवं विश्वास गरौ एकदिन कोभिड-१९ लार्इ विश्वले आफ्नो कब्जामा लिने छ र सबै मानब जातिको फेरि एक पटक बिजय हुने छन् भन्ने आशामा आज विश्व नै पर्खिरहेको छ । यस्तै संघर्षमा बिदेसी भुमिमा आएर आफ्नो हात नंग्रा खियाएर परिवार, घर भाडा,लगायत विभेद प्ररकारका मासिक बिल तिरनै पर्ने यो ठाउमा प्राय सबैको नोकरी गुमेको अवस्था छ । अमेरिकन सरकारले थोरै राहत दिए पनि त्यो जो कसैको लागि प्रयाप्त भने अबस्य हुदैन । नेपाली मात्र होइन सारा संसार भरिका मानिस आएर बसोबास गरेको न्युरोक सहर यति खेर आफै रोइरहेको आभास हुन्छ ।

लिबर्टी,ठुला ब्यापारिक भबन सबै सुनसान छ १ त्यस भित्र बस्ने नेपालीले सबै ग्रुप म्यानसिन्जर बनायर त्यहा अति आवोस्य्क भएको साधारण औसधि अन्य राज्य बाट सहयोग गरिरहनुभएको छ । आखिर यो पिडा कहिले सम्म सबैमा चिन्ता रनिरास मौलाएको छ । यो दुखद घडीमा हाम्रो पनि साथ र सहयोग अबस्य हुने नै छ ।

संयुक्त राष्ट्र संघ महासचिब लगाएत सबै राष्ट्रप्रमुख एबम सरकार प्रमुख यति खेर आफ्ना देसका नगरिकलाइ धैर्य हुन संदेस दिइरहेका छन् । हिजो आणविक सक्तिले संसार हल्लाउने राष्ट्र अमेरिका आज कोरना भाइरस सामु निरिह बन्न पुगेको छ। तिन लाख भन्दा बढी लाई संक्रमित भैसकेको यो अबस्थामा झन्डै आठ हजार भन्दा मथिले ज्यान गुमाइ सकेका छ । यस्तो कहाली लाग्दो महामारीले हामी अमेरिकन नेपाली पनि अछुतो भने रहन सकेनौं । मात्र चार जना अमेरिकन गरि जम्मा पाँच जना नेपालीले कोरनको युधमा आफ्नो आहुति दिसक्नुभएको छ । म मृतक प्रति सबैमा हार्दिक स्रदान्जली एवं परिवारजनमा हार्दिक समबेदना बय्क्त गर्न चाहन्छु ।

अन्तमाः हामी नेपाली जो कामका सिलसिलामा होस वा ब्यापार बाय्बसयको वा अध्यन जस्तो अवस्थामा अमेरिकमाको जुन सुकै ठाउमा रहेता पनि पहिला आफु रआफ्नो परिवार सुरक्षित होऔ डर र त्रास बाट मुक्त भएरआफ्नो कोठा वा घर भित्रै बसी सुरक्षित बनौ हामी सबै लाइ थाहा छ कि कोभिड-१९ को औसधि छैन यस्तो अवस्था नेपाल सरकारले पनि अमेरिकामा बसोबास गर्ने नेपालीको कोभिड-१९ तथ्यांक संकलन सुरुगरे छ विभिन्न सामाजिक सस्थाले प्रत्य्क्ष अप्रत्य्क्ष रुपमा डर त्रासको कुनै प्रबाह नगरी घरभित्रै बाट भएपनि जानकारी लिइरहनु भएको छ ।

कृपया तपाई लै पनि कुनै अप्ठेरो महसुस भए नेपाली दुताबासलगायत आफ्नो नजिकको साथी मार्फत तुरुनत नजिककोअस्पतालमा सम्पर्क गर्नुस यो नै हामी सबैका लागि बुद्धिमानीहुन्छ भंन्य ठानेको छु । यो कहाली लाग्दो भयाबह महामारी बाटहामी सम्पूर्ण बिस्वका मानवजातिले चाडो भन्दा चाडो मुक्ति पाउ भन्दै यो बिपतीको महासागरमा हामि जो जहाँ रहेपनि हाम्रो मन एउटै भएको छ  र हामि संगै छौ । यसबीच हामिलाइ गहिरो साथ हौसला दिने हाम्रा मत पिता साथी भाइ आफन्त सबैमा हामी कृतज्ञता प्रकट गर्दछौ ।(ललितपुर महालक्ष्मी नगरपालिकाका खड्का हाल अमेरिकामा छन् )



प्रतिक्रिया दिनुहोस्