काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता नेपाल र नेपालीको लागि थप चूनौति हुनसक्ने टिप्पणी गरेका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,”हामी सबैको साझा प्रयासले अहिले नेपालमा संक्रमितको संख्या ९ जनामा सिमित गरियो । तर, हामी उच्च जोखिममा छौं । दैनिक ज्यालादारी गर्नेहरु सर्वाधिक मर्कामा छन् । व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नुपरेको छ । विद्यार्थीको पढाई बुझेको छु । म लामो समय जेल बसेकोले एकान्तवाश सहजै अनुभुत गर्न सक्छु । लकडाउन अपरिहार्य कदम हो । यसकै कारण महामारी फैलिन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ। थप सावधाी अपनाईएन भने भयावह हुने छ। त्यही भएस लकडाउन थप ८ दिन बढाउन बाध्य भएका छौं । यसअघिको अवधिमा यहाँहरुले पूर्ण साथ दिनभएको थियो । अब पनि बाँकी अवधिको लागि पनि यस्तै साथ दिनुहोला ।”
उनले कोरोनाविरुद्धको युद्धमा सिमित साधन र स्रोतका बावजुदपनि अग्रिम मोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुले देखाएको कर्तव्यपरान्त अत्यन्तै सराहनीय भएको सुनाए । उनले भने,”मित्रराष्टहरुबाट प्राप्त सद्भाव । नेपालले चालेको कदम विकसित मुलुकभन्दा प्रभावकारी छ भनेको विश्लेषणले थप हौसला मिलेको छ । यो बेलामा जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी छ । विपन्न परिवारहरुलाई राहत पुर्याउन अहोरात्र खटिने सबैप्रति हार्दिक सम्मान गर्न चाहन्छु ।”
त्यस्तै, उनले बाहिर देशबाबाट आएको मान्छेबाट स्थानीयमा यो रोगको संक्रमण सरकोले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको पनि सुनाए । उनले थपे,”कोभिड-१९ उच्चस्तरीय समन्व्य समितिले समग्र कामको अगुवाई गरेको छ । कोरोना संकट व्यवस्थापन केन्द्रले पनि युद्धस्तरमा काम गर्छ । पहिचान र परीक्षण गर्ने काममा सघाएको छ । हामीले यसअन्तर्गत चार संरचाना बनाएका छौं । विरामी ओसारपोसारको उचित व्यवस्थापन गरिएको छ । वडास्तरसम्म यस संयन्त्रको विस्तार गरिएको छ । सरकारद्धारा घोषित राहत स्थानीय सरकारले वितरण गर्नेछ ।”
मुलुकभर ३० हजार ५ सय ६६ जना राख्न सकिनेगरि क्वारेन्टाईनको व्यवस्था गरिएको र अहिले ९ हजार जना क्वारेन्टाईनमा रहेका पनि उनले सुनाए । त्यस्तै, ३ हजार प्लसको आईसोलेशन बेड तयार गरिएको पनि उनको भनाई छ । वर्तमान सरकार संक्रमण फैलिन नदिन पूर्ण तयारीमा जुटेको बताउँदै पिसिआर प्रविधिबाट परीक्षण गरिएको ओलीले सुनाए ।
७ वटै प्रदेशका १० र्यापिड टेष्ट अगाडि बढाईएको छ । पिपिई, गाउन, एन ९५ मास्क आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था मिलाईएको बताउँदै उनले भने,”तपाईहरुको लापरवाही स्वयम तपाईको, तपाईको परिवार र सिंगो समूदायको लागि महँगो पर्छ । सीमा नजिक आईपुगेका नेपालीहरुको हामीले भावना बmुभेका छौं । भारतसँग समन्वय गरी दुई हजार एक सय ६१ जनालाई क्वारेन्टाईमा राखेका छौं । यता नेपालमा रहेका भारतीयहरुलाई पनि हामीले क्वारेन्टाईनमा राखेका छौं । लकडाउनलाई प्रभावकारी बनाउनको लागि सरकारले कदम चालेको हो । निश्चित अवधि पूरा गरेपछि स्वस्थ्य परीक्षण गरेर फकाईन्छ ।”
विदेशमा रहेका नेपालीहरुको समग्र भविष्यलाई लिएर सरकार चिन्तित रहेको पनि उनले स्पष्ट पारे । उनले भने,”संकटको यस घडीमा हाम्रो तपाईहरुप्रति सहानुभुति र दुःख छ । त्यहाँ हाम्रो दूतावास छ । नियोगहरु छन् । विभिन्न संघ तथा संस्थाहरु छन् । गैरआवासीय नेपाली छ । सामूदायिक संस्थाले सक्दो सहयोग गरिरहेको छ । राष्टपतिले स्वयम दूतावासमार्फत जानकारी लिईरहनुभएको छ । नेपाली संख्या बहुसंख्यक रहेका ती देशका प्रमुखहरुसँग मैले सम्वाद सुरु गरेको छु । संकटको कालो बादल हटेर जान्छ । अन्र्ताष्टिय समन्वय र सहकार्यको खाँचो छ ।”
नेपालले सिमित साधन र स्रोतका बावजुद पनि नेपालमा अलपत्र परेका विदेशी नागरिकहरुलाई सक्दो सहयोग गरेको स्मरण गर्दौ विदेशमा रहेका नेपालीहरुलाई पनि त्यस्तै सहयोग हुने प्रधानमन्त्री ओलीको अपेक्षा छ । उनले आउने दुई साता नेपाल र नेपालीको लागि थप चूनौति हुनसक्ने खतरा औंल्याए । उनले भने,”यो साता भनेको कोरोनाको संक्रमण समूदायमा फैलने उच्च जोखिम पनि हो । कोरोनाको संक्रमण फैलिन नदिनको लागि हाम्रो सारा प्रयास केन्द्रीत छ । परीक्षणको लागि हामीले दायरा बढाएका छौं । केही दिनभित्रै हामी कोरोना भाइरसलाई पन्छ्याउनेछौं । सरकार कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त खोजीमा छ । संकटको यो घडीमा हामी आर्थिक क्रियाकलापाई अघि बढाउने छ ।”




प्रतिक्रिया