Logo

चीनमा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको पहिलो दिन



एजेन्सी, २५ चैत्र । चीनमा कोरोना भाइरसको संक्रमणबाट तीन महिनायता कसै न कसैको मृत्यु भइरहेको छ । तर, सोमबार त्यहाँ संक्रमणबाट कसैको पनि मृत्यु भएन ।

चिनियाँ स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको हो जुन जनवरीयता पहिलो रेडर्क हो ।

चीनमा सोमबार ३२ नयाँ संक्रमण भेटिएको थियो । सबै विदेशबाट आएकाहरुमा भेटिएको उल्लेख छ । चीनमा संक्रमित बढेर ८० हजार पुगेपछि विस्तारै नियन्त्रणमा आएको छ । त्यहाँ हाल ८२ हजार नजिकको संख्यालाई संक्रमण भेटिएको छ । चीनमा ३३ सय मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्