Logo

ठूला-ठूला लगानीमा लिएका ऋणको ब्याज राज्यले मिनाह गर्न थाल्यो भने देशमा अरुखालका असरहरु पर्न सक्छन् : नवनियुक्त गभर्नर अधिकारी



नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले यतिबेला संसारै चुनौतिपूर्ण घडिमा गुज्रिएको बताउँदै यस्तो बेलामा वित्तीय क्षेत्र सधैं सम्वेदनशील चुनौतिपूर्ण हुने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा गर्भनर अधिकारीले भनेका छन्,”त्यसमा अहिले विश्वमा कोरोना भाइरसले ल्याएको चुनैति नै हामीसँग पनि छ । यसको गहिराइ कत्ति छ, र कहिलेसम्म रहन्छ ठेगानै छैन । यसको उपय भनेको यसलाई न्यूनिकरण गर्ने र यसबापत वित्तिय क्षेत्र पर्ने असरलाई न्यूनिकरण गर्ने हो ।” प्रस्तुत छ गभर्नर अधिकारीसँगको कुराकानीको सम्पादित अंश :

तपाईं नेपाल राष्ट्र बैंकको गभर्नर बन्नुभएको छ, चुनौतिहरु के के छन् जनतलाई बताइदिनुस् न ?

यतिबेला संसारै चुनौतिपूर्ण घडिमा गुज्रिएको छ । यस्तो बेलामा वित्तीय क्षेत्र सधैं सम्वेदनशील चुनौतिपूर्ण हुन्छ । त्यसमा अहिले विश्वमा कोरोना भाइरसले ल्याएको चुनैति नै हामीसँग पनि छ । यसको गहिराइ कत्ति छ, र कहिलेसम्म रहन्छ ठेगानै छैन । यसको उपय भनेको यसलाई न्यूनिकरण गर्ने र यसबापत वित्तिय क्षेत्र पर्ने असरलाई न्यूनिकरण गर्ने हो ।

तपाईंसँग राष्ट्र बैंकको लामो अनुभव छ, साथै लगानी बोर्डको पनि अनुभव छ, अहिलेको अवस्थामा देशको अर्थतन्त्रलाई जोगाउन राष्ट्र बैंकले कस्तो कदम चाल्नुपर्ला ?

नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाकार पनि हो । त्यो दृष्टिकोण अहिले सम्वेदनशील अवस्थामा हामीले धेरै होसियारीपूर्वक काम गर्नुपर्ने हुन्छ । यसको लागि हामीले आन्तरिक उत्पान र इम्पोर्टलाई नयाँ ढंगले हेर्नुपर्ने हुन्छ । अहिलेको असरबाट हामीलाई नयाँ किसिमले सोच्न वाध्य बनाएको छ । जसको सुधारका लागि हामी दत्तचित्त भएर लाग्ने छौं । त्यसले सुधार हुने छ, जसका लागि हाम्रो नियमित सल्लाह, सुझाव सकारात्मक ढंगले अगाडि बढ्ने छ ।

अहिलेको अवस्थालाई तपाईं राम्रोसँग मूल्यांकन गर्नुभएको यो अवस्थामा के गर्दा बैंकिङ्ग क्षेत्र बँचाउन सकिन्छ ?

अहिलेको सन्दर्भमा ऋषिजीले एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । बैंकिङ्ग क्षेत्र भन्नेबित्तिकै केवल पैसा, धन, सम्पत्तिको मात्रै विषय होइन । त्योभन्दा पब्लिकको विश्वास ठूलो कुरा हो । त्यो विश्वासबाट प्राप्त भएको सम्पत्तिलाई टिकाई राख्न प्रत्येक ग्राहक तथा निक्षेपकर्तालाई विश्वासमा लिन सक्नुपर्छ । यो प्रणालीप्रतिको आत्मविश्वास नै वित्तिय क्षेत्रको सबैभन्दा ठूलो सम्पत्ति हो । यसमा ग्राहकहरुबीच जुट ठाउँ र क्षेत्रमा डर तथा त्रास उत्पन्न भइराखेको त्यसलाई न्यूनिकरण गर्ने नै हाम्रो ठूलो दायित्व रहन्छ । यसलाई चिर्न नेपाल राष्ट्र बैंकले कोरोनाको असरबाट बच्न केही कुरा अगाडि ल्याएको छ । जसले ग्राहक र ऋणीलाई सम्बोधन गर्न खोजेको छ । त्यो सम्बोधनले कपितय बैंक तथा वित्तीय संस्थाहरुलाई असर पर्न सक्छ । त्यसलाई कसरी राहत दिने, कसरी फ्यासिलेटर गर्ने भनेर राष्ट्र बैंकले केही कुराहरु ल्याइसकेको छ । यी सबै विषयमा समग्र रुपले हेछौं । यसमा स्वास्थयको विषय जोडिन्छ । हामी सबै सर्वसाधारण स्वस्थ रह्यौं भने मात्रै अर्थतन्त्रको विषय आउने हो । कोही कहीं पनि नमरोस् सबै बाँचोस भनेर सबैलाई सँगसँगै लिएर हामी अगाडि जान्छौं । यसमा सर्वसाधरण सबैको धैर्यता र विश्वासको आवश्यकता छ । यसमा हामीले मेरै पोल्टामा सबै चिज आउनुपर्छ भन्ने हिसाबले काम गर्न थाल्यौं भने अर्को ठाउँमा खाल्टो पर्न सक्छ । त्यसकारण सबैको धैर्यता, सहनसिलता र सुझबझ अहिलेको आवश्यकता हो ।

उद्योगी व्यापारीहरुको अहिलेको माग ब्याज मिनाहा हुनुपर्छ भन्ने छ, यो कति सम्भवना छ ?

यसमा सानातिना लगानीकर्ताको लागि राज्यले कतैबाट सोधभर्ना गरेर मिनाहा गराउने अलग कुरा होला । तर, ठूला–ठूला लगानीमा लिएका ऋणको ब्याज राज्यले मिनाह गर्न थाल्यो भने देशमा अरुखालका असरहरु पर्न सक्छन् । त्यो भोलिको लागि राज्यलाई अरु असर पर्न सक्छन् । त्यसकारण मिनाहाको सन्दर्भ त्यति उपयुक्त हुँदैन । तर, त्यो ब्याजलाई कतिसम्म छुटदिँदा वा लिँदा उद्योगको खास मर्दैन भन्ने महत्वपूर्ण हो । त्यसकारण अहिलेको समस्याले कुन क्षेत्रमा कस्तो क्षति पुगेको छ, कुन लगानीमा प्रत्यक्ष असर परेको छ । त्यसलाई हेरेर मूल्यांकन राहत दिँदा उपयुक्त हुन्छ । सोभैm ब्याज मिनाह नै गर्दा त भोलि डिपोजिटरले पनि ब्याज खोज्छन् । त्यसले गर्दा समग्रमा ब्याज मिनाह भन्ने कुरा हुँदैन । तर, त्यहाँभित्र लगानी र संस्थाको प्रकृति हेरेर व्यवस्थापन गर्ने अन्य विभिन्न उपायहरु हुन सक्छन् ।

अहिलेको अवस्थामा डलरको ह्वात्तै बढेको नेपाली पैसाको मूल्य घटेको छ, यो अवस्थामा कसरी समन्वय गर्ने ?

यसरमा करेन्सीको आफ्नै व्यवस्थापन र रुल्स छ । हामीलाई लाग्छ संसारको करेन्सीको एउटै मूल्य भइदिए कति सजिलो हुन्थ्यो होला एक्सचेन्ज गर्न भन्ने । तर, त्यो हुँदैन, सबैका आफ्नै नीति, सिद्धान्तहरु छन् । त्योभित्र रहेर रेट तय गर्ने हो । नेपाल राष्ट्र बैंकले पनि त्यही प्रिन्सिपलभित्र रहेर मूल्य तय गरेको छ । केहीले अलिकति माथि जाने कहिले कघ्ने कहिले बढ्ने हुन्छ । सबैभन्दा पहिला त हामीले आन्तरिक उत्पादनलाई बढावा दिने । त्यो उत्पादनको प्रयोगबाट निस्कने वस्तुहरुलाई बढावा दिने क्रमण बढायौं भने आयातलाई धेरै कम गर्न सक्छौं । जस्तै अहिले तेल, ग्याँसको आयातलाई हाइड्रो पावरले धेरै कम गर्दै गएको छ । त्यस्ता नीतिहरु राज्यले लिएको छ । त्यसलाई हामीहरुले अभैm बढावा दिनुपर्छ ।

अहिले हाम्रो देशमा विकास बैंकहरुलाई ब्यापक रुपमा मर्ज गर्नुपर्छ भन्ने प्रस्ताव आइरहेको छ, त्यो कति सम्भव छ ?

यो मर्जरको सन्दर्भमा पनि वित्तिय संस्थाहरुलाई मझबुद बनाउनुपर्छ भनेर आएका विषयहरु हुन् । सुरुमा फाइन्नान्सियल अवस्था कमजोर भइरहेको बेलामा यो विकास भयो । त्यो बेलामा संस्थाहरु थप्दै जाँदा यसको एक्सेस बढ्छ कि भन्ने अवधारणा अनुरुप संख्या बढ्दै गयो । यसलाई पलिएको पोलिसीले राम्रै करेक्सन गरेको छ । यस्ता संस्थाहरुको नम्बर धेरै संख्यामा घटेको छ । यसले संस्थाहरु बलिया हुँदै गएका छन् । मर्जरपछि यसका शाखा कार्यालयहरु बढाइएको छ । त्यो पोलिसी एकदमै राम्रो हो । यसलाई संख्यात्मक रुपमा यत्तिनै घटाउनुपर्ने भन्दा पनि फेरि पोलिसी इन्टेन्सिपका कुरा होलान् । मैले बुझेअनुसार मर्जर सम्बन्धी राष्ट्र बैंकले लिएको नीति एकदमै उपयुक्त त्यसले राम्रो हिसाबले काम गरेको छ । यो नै वित्तीय क्षेत्रको विकासको लागि उपयुक्त उपमाय हो । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्