Logo

चीनको कुइझौ क्षेत्रमा रहेको जङ्गललाई आरक्षण क्षेत्र बनाइने



एजेन्सी २५ चैत : दक्षिण पश्चिम चीनको कुइझो प्रान्तले यस वर्ष २० अर्ब यूआन (दुई खर्ब ८२ अर्ब अमेरिकी डलर) खर्च गरी आरक्षित जङ्गल क्षेत्रको विस्तार गर्ने योजना बनाएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।

चीनको गरिब प्रान्तकारूपमा चिनिने यो क्षेत्रमा केन्द्र सरकारले गरिबी निवारण कार्यक्रम अन्तर्गत ठूला ठूला आयोजनाहरूमा लगानी गरेको छ । यहाँ रहेका खास गरी आदिबासी अल्पसङ्ख्यक समुदायलाई चिनियाँ कम्युनिष्ट पार्टीको मार्गदर्शन र सरकारको योजना अनुसार गरिबीको रेखामूनि रहेका नागरिकलाई नमूना समाजवादी वस्तीको निर्माण गरी आधुनिक चीनको विकाससँग जोडेको छ ।
चीनमा राष्ट्रपति सी चिनफिङको नेतृत्वसँगै यहाँका गरिबीको रेखामूनि रहेका जनतालाई गरिबीबाट माथि उठाउने घोषणा गरेका थिए ।

प्रान्तीय वन विभागका अनुसार सरकारले ल्याएको आरक्षित जङ्गल विस्तारको योजनाबाट गरीवीको रेखामूनि रहेका करिब एक लाख नागरिकको आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय आरक्षण क्षेत्र निर्माणको गतिलाई बल दिँदै कुुईझौ वन अर्थव्यवस्थालाई विकास गरिरहेको छ । सन् २०१९ को अन्त्यसम्म कुईझौको वन अर्थव्यवस्था अन्तर्गत करीव १३ लाख ७० हजार हेक्टर क्षेत्रफलको बिस्तार गर्ने कार्यक्रमबाट यहाँका करिब पाँच लाख नागरिकलाई रोजगारी मिलेको छ । जलवायु परिवर्तनका लागि चीनले गरेको प्रतिवद्धता पूरा गर्ने र गरिबीको रेखामूनि रहेका नागरिकलाई नमूना समाजवादी वस्तीमा राखी सहकारीमार्फत् उत्पादनसँग जोड्ने कार्यक्रमले कुइचोमा विगत केही वर्षदेखि गरिएको प्रत्यक्ष लगानी २२ अर्ब युआनमा पुगेको छ ।

प्रान्तले सन् २०१९ मा एक लाख १२ हजार वनपाले थपेर एक लाख ७२ पु¥याएको छ भने उनीहरूलाई जङ्गलको सुरक्षासँगै रोजगारीमा जोडेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

चीनमा राष्ट्रिय आरक्षित वन प्रणाली सुरू गरिएको छ जसबाट ३८ लाख ८० हजार हेक्टर जमिन रहेको जङ्गली क्षेत्रलाई राष्ट्रिय आरक्षण क्षेत्रसँग जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्