Logo

लोमसले ल्यायो डब्लु.एच.ओ मान्यताप्राप्त गुणस्तरीय ह्याण्ड स्यानिटाईजर ‘ह्याण्ड एक्स’, मुल्य १५०



काठमाडौं, २५ चैत्र । लोमस फार्मास्युटिकल कम्पनीले आफैं ह्याण्ड स्यानिटाईजरको उत्पादन सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले आगामी बैशाख ३ गतेसम्म लकडाउन कायम गरेको छ ।

बजारमा ह्याण्ड स्यानिटाईजरको अभावका खबरहरु आईरहेको बेलामा लोमसले यो बेलामा आफ्नो उत्पादन सुरु गरेर खुशीको सन्देश प्रवाह गरेको छ । उसले ह्याण्ड एक्स -(HAND X) नामक स्यानिटाईजर बजारमा ल्याएको छ । आफूहरुले दैनिक दश हजार बोटल उत्पादन गरिरहेको प्रनव जंग  पाण्डेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले भने,”संकटको बेलामा अहिलेको परिस्थितिलाई मध्येनजर गरेर हामीले गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएका हौं । किनकी यो संकटको बेलामा पनि बजारमा कम गुणस्तरका स्यानिटाईजर कालोबजारी भैरहेको देखेर हामीले यो काम सुरु गरेका हौं ।”

पाण्डेले आफूहरुले उत्पादन गरेको स्यानिटाईजर अन्तर्राष्टिय स्तरको भएको र विश्व स्वास्थ्य संगठनले समेत मान्यता प्रदान गरिसकेको जानकारी दिए । बजारमा एक सय एम.एलको एक सय ५० रुपैयाँ मुल्य पर्नेसमेत उनले स्पष्ट पारे । उनले भने,”हाम्रो यो उत्पादनमा नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमतिसमेत प्राप्त भैसकेको छ । उद्योगमा अहिले हाम्रा कर्मचारीहरुले उच्च सतर्कता अपनाउँदै अहोरात्र काम गरिरहनुभएको छ ।”



प्रतिक्रिया दिनुहोस्