Logo

विश्व बैंकद्वारा नेपाललाई २९ मिलियन डलरको सहयोग



एजेन्सी २५ चैत : कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले नेपाललाई २९ मिलियन डलरको सहयोग गरेको छ । फास्ट्रयाक विधिमार्फत विश्व बैंकले नेपाललाइ सहयोग गरेको हो l

उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जार्भोले हस्ताक्षर गरेको जनाइएको छ ।

कोरोनाको पुर्व तयारी र नेपालको स्वास्थ्य व्यवस्थालाई बलियो बनाउन विश्व बैंकले उक्त रकम नेपाललाई दिएको हो । यो रकम विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यक्तिमा कोरोनाको परीक्षण बढाउन, सङ्क्रमितको खोजी तथा कन्ट्याक्ट ट्रेसिङ, आईसीयू कक्षको विस्तार र देशैभर आइसोलेसन कक्षको विस्तारमा खर्च हुनेछ ।

यस्तै स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) खरिद र ल्याब विस्तारमा पनि रकम खर्च हुनेछ । विश्व बैंकले विकासशील देशहरुको लागि कोरोनाविरुद्ध लड्न १४ बिलियन अमेरिकी डलको फाष्ट्रयाक सहयोग प्याकेज घोषणा समेत गरेको छ । विश्व नै लकडाउनको अवस्थामा रहेको छ l उक्त रकमले सम्पूर्ण देशहरुलाई ठुलो मात्रामा सहयोग पुग्ने छ l सम्पूर्ण देशलाई कोरोनाविरुद्ध लड्न एकजुट हुनु पर्नेमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्