Logo

प्रजातन्त्र पुनःस्थापना दिवस मनाउन पूर्वमन्त्री जोशीको आग्रह



काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले गरिब, मजदूर र दुःखीको सेवा गरेर प्रजातन्त्र पुर्नस्थापना दिवस मनाउन सबैलाई आग्रह गरेका छन् । नेता जोशीले आज एक विज्ञप्ति जारी गरी कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेको भन्दै गरिब, मजदूर र दिनदुःखीको सेवा गरेर प्रजातन्त्र पुनःस्थापना दिवस मनाउन आग्रह गरेका हुन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री जोशीले मुलुकलाई अप्ठ्यारो परेको बेलामा लोकतान्त्रिक व्यवस्था मान्ने तथा यसका अनुयायीले निस्वार्थरुपमा सेवा गर्नुपर्ने बताए । “प्रजातन्त्र पुनःस्थापनाका सर्वोच्च नेता गणेशमान सिंहले परोपकार र निःस्वार्थ सेवा नैै राजनीतिकर्मीको धर्म भएको बताएजस्तै निःस्वार्थ सेवा नै सबैको धर्म हो”, उनले भने । पूर्वमन्त्री जोशीले कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्दै सरकार र विश्वस्वास्थ्य सङ्गठनले लागू गरेको आचारसंहिता पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्