Logo

लकडाउनको बेलामा फुटबल खेलाडी वाल्कर दुई यौनकर्मीसँग मस्त



अहिले बेलायतमा लकडाउन छ । बेलायत सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरेको हो ।

तर, सिंगो बेलायत लकडाउनमा हुँदा म्यानचेष्टर सिटीका फुटबल खेलाडी केली वाल्कर भने दुईजना यौनकर्मी र साथीसँग घरमै पार्टीमा रमाइरहेका थिए । इंग्ल्यान्डका राष्ट्रिय खेलाडी समेत रहेका वाल्कर दुईजना यौनकर्मीसँग मस्तीमा रहेको खबर द सनले खुलासा गरेको थियो ।

बेलायतमा दुईभन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ । तर, वाल्कर यौनकर्मीलाई घरमा बोलाएर पार्टीमा मस्त भए । खबर सत्य ठहरियो । लगत्तै वाल्करले सार्वजनिक रुपमा माफी मागेका छन् ।

वाल्कर स्वयंले ट्वीटरमा ट्वीट गर्दै लकडाउनको नियम पालना गर्न भनेका थिए । तर, उनले नै यसको उल्लंघन गरे । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्