Logo

यौन सम्बन्धले दिमागमा कसरी प्रभाव गर्छ



सबैलाई थाहा छ यौन सम्र्पकले फाइदा गर्छ । यसले आनन्द मात्र होइन, उत्साह पनि बढाउछ । साथमा तनाब वा चिन्ता भगाउनलाई पनि सहायक भुमिका खेल्छ । यसको असर हाम्रो शरीरको विभिन्न भागमा पर्छ । एक अध्ययनले यौन सम्र्पक गर्दा हाम्रो हृदयले राम्रो काम गर्ने बताएको छ । वैज्ञानिकहरुले यौन क्यालोरी प्राप्त गर्ने तरीका भएको बताएका छन् । यसले भोक कम लाग्न र रक्तचापको खतरा कम हुने पनि बताइएको छ ।

निन्द्रा लाग्ने हर्मोनको रिलिजः यौन सम्र्पकपछि थकाईको कारण धेरै निन्द्रा लाग्छ । यौन कार्यपछि शरीरको प्रोलैक्टिन हर्मोनले स्रा वगर्ने निर्देश दिन्छ, जुन निन्द्रा लाग्नलाई सहायक बन्छ । यसको साथै शरीरमा प्राकृतिक दुखाइ कम हुने आक्सीटोसिन स्राव भई निन्द्रा लाग्नमा मद्दत गर्छ ।

  • खुशी महसुसः यौन सम्र्पक गर्ने समयमा क्लाइमेक्सको क्रममा मस्तिष्कमा सेरोटोनिन र आक्सिटोसिन सहित केही हर्मोन सक्रिय हुन्छ, जसले तपाइँलाई खुशी महसुस गराउछ । यो बाहेक दुखाइ, टाउको दुखाइ र माशंपेशीमा हुने दुखाइ जस्ता समस्यामा राहत मिल्ने सक्छ ।
  • मस्तिष्कको कार्यमा मद्दत मिल्नेछः एक अध्ययनले यौन सम्र्पक गर्ने मानिसको सम्झने क्षमता राम्रो हुने बताएको छ । यौन कार्यले मस्तिष्कको न्युरान्स बढाउने र दिमागलाई सामान्य रुपबाट धेरै काम गर्नमा मद्दत गर्न सक्छ ।
  • चिन्ता र तनाव कम गर्न मद्दत मिल्छः यौन कार्यले तपाइँको शरीरमा आक्सीटोसिन र एन्डोर्फिन हर्मोन उत्पन्न हुन्छ, जसले तनाबलाई नियन्त्रण गर्नमा मद्दत गर्न सक्छ र यसले निन्द्रा लाग्न पनि मद्दत गर्छ ।
  • यौनकार्यले शरीर उत्तेजित हुनु अघि यौन इच्छा जगाउन, पेनाइल इरेक्शन, यौन भावना र सन्तृष्टि बढाइदिने काम गर्छ ।
  • सम्बन्धमा असरः नियमित सम्र्पकले आफ्नो साथीको साथमा भावनात्मक रुपमा नै नजिक ल्याउछ । प्राय नियमित सम्र्पक नगर्ने भन्दा गर्ने मानिस धेरै खुशी हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्