Logo

कुटपिट गरी घाइते बनाउने पक्राउ



सिन्धुपाल्चोक, २५ चैत्र । छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

छिमेकीलाई कुटपिटको अभियोगमा ईन्द्रावती गाउँपालिका जौडाडाँ बस्ने नेत्र बहादुर नेपाली सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले सोही ठाउँ बस्ने ६७ वर्षीय ज्ञान बहादुर गिरीको जग्गामा स्थानियबासीहरुले बिजुलीको पोल गाड्ने बिषयमा झगडा हुँदा गिरीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइतेलाई प्राथमिक अस्पताल नवलपुर हुँदै थप उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्