Logo

११ र १२ कक्षाको परीक्षा स्थगित (सूचनासहित)



काठमाडौं, २५ चैत्र । उच्च माध्यमिक तह अन्तर्गतको कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ ।

परीक्षा बोर्डको मंगलबारको बैठकले स्थगितको निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढेको कारण भन्दै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा वैशाख ८ र १२ को परीक्षा वैशाख २१ गतेबाट हुने गरी सूचना प्रकाशित गरिएको थियो ।

कोरोना भाइरसको रोकथामका लागि लकडाउन भइरहेको अवस्थामा धेरै परीक्षाहरु स्थगित भएका छन् । यसअघि एसईई परीक्षा स्थगित भइसकेको छ ।

यो सँगै यसवर्षको एसईईका अलावा कक्षा ११, १२ र विश्वविद्यालय तहका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्