Logo

उपत्यकाका गाउँटोलमा पालिएका खसीबोका लगभग सकिए



काठमाडौं, २५ चैत्र । अहिले काठमाडौं उपत्यकाभित्र पालिएका घरपालुवा खसीबोका लगभग सकिएका छन् । अभाव भएपछि विगतको भन्दा झण्डै दोब्बर मूल्यमा खसीबोका किनबेच हुनथालेको छ ।

खसीबोकाको आयात रोकिएपछि उपत्यकाभित्र पालिएका खसीबोका खरिदविक्री बढेको हो । समय नै नपुगेका खसीबोका समेत महङ्गो मूल्यमा खरिद हुनथालेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेपछि खसीबोका आपूर्ति ठप्प जस्तै छ ।

उपत्यकाको डाँडा छेउछाउ अहिले पनि बाख्रा पालन हुनेगरेको छ । परम्परागत तरिकाले खसीबोका उत्पादन गर्नेहरुले यसपटक राम्रो आम्दानी गरेका छन् ।

अहिले मासु व्यापार ह्वात्तै घटेपछि खसीबोकाको अभावका कारण जथाभावी मूल्यमा किनबेच भइरहेको छ । खसीको मासु प्रतिकेजी १२ सय देखि १३ सय पुगिसकेपनि अहिले दुई हजार प्रतिकेजी सम्मले व्यापार हुनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्