Logo

राहत सूचीमा सलाई देखि डेक्चीसम्म



काठमाडौं, २५ चैत्र । लकडाउनका बेलामा दैनिक ज्यालादारी भोकै नपरुन् भनी विभिन्न स्थानीय निकायमा राहत सामाग्री दिन थालिएको छ । जसमा दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको छ ।

सामान्यतया दाल, चामल, तेल, नुन जस्ता समाग्री राहतमा प्रदान गरिएको छ । तर, महोत्तरीको लोहारपट्टी नगरपालिकाले लाइट, सलाई, डेक्ची, कराही समेत राहत सामाग्रीमा समेटेको छ ।

नगरपालिकाले बनाएको लिष्टमा दालमोठ, झुल, सर्फ, चाउचाउ समेत समेटिएको छ । प्रतिपरिवार २२ वटा वस्तु दिनलागिएको सूचीमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्