Logo

काठमाडौंका सिडिओ दाहालको चेतावनी : लकडाउनमा अनावश्यक सडकमा निस्किनेलाई गोली ठोक्छु



काठमाडौं, २५ चैत्र । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको आदेश पालना गराउन खरो उत्रिने बताएका छन् । उनले यो अवधिमा अनावश्यक घरबाहिर ननिस्कन समेत आम नागरिकलाई आग्रह गरेका छन् ।

आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सिडिओ दाहालले अनावश्यक सडकमा निस्किनेलाई गोली ठोक्ने समेत चेतावनी दिएका छन् । उनले भने,”मैले त्यो अधिकार पाएको छु । आदेश उल्लंघन गर्ने कसैलाई पनि छोड्दिन् ।”

त्यस्तै, उनले यो अवधिमा सवारी पास लिनेहरुको घुईँचो लाग्ने गरेको सुनाउँदै अब पास कसैले पनि नपाउने जिकिर गरे । उनले थपे,”व्यापारीलाई पास दिन्न । पासमा मलाई पत्रकारहरुले सताएका छन् । यो अवधिमा जनता टेलिभिजन नहेरेर पनि बाँच्छन् । किन टिभी हेर्नुपर्यो ? अब कठोर हुन्छु । एक्शन लिन्छु ।”  यद्धपी उनले सुत्केरी, विरामीहरु र अत्यावश्य कामको लागि पास उपलब्ध गराउने विश्वास दिलाए ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहिर जानको लागि कसैलाई पनि पास नदिने उनको जिकिर छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु कोही पनि भोकै नमर्ने बताउँदै उनीहरुको लागि सरकारले पर्याप्त खाद्यान्नको व्यवस्था गरेको पनि सिडिओ दाहालले विश्वास दिलाए । Photo Source: Social Media/Facebook



प्रतिक्रिया दिनुहोस्