Logo

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार नाघ्यो



एजेन्सी, २५ चैत्र । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा १३७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

भारतमा २१ दिनको लकडाउनका बाबजुद कोरोना संक्रमण फैलिइरहेको छ । विशेषगरी मुम्बई र दिल्ली जस्ता घना वस्ती भएका शहरमा संक्रमितको संख्या बढेको छ । अहिलेसम्म ५ हजार १ सय ७२ जना संक्रमित भइसकेका छन् ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा कोरोनासँग जुध्न विभिन्न उपाय अबलम्बन गरिएको छ । त्यहाँ कोरोनाको औषधी देखि भ्याक्सिन बनाउने प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्