Logo

कालो बजारीको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको साथबाट ६७ थान थर्मल गन



काठमाडौँ, २६ चैत । उद्योगी घराना शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल कोरोना भाइरस (कोभिड–१९) महामारीको मौकाछोपि कालोवजारी गरेको अभियोगमा पक्राउ परेका छन् । ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा विक्री गरेको अभियोगमा मंगलबार नक्सालबाट पक्राउ परेका हुन ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले पाँचहजार वजार मूल्यमा पाइने थर्मलगन १५ हजारमा बिक्री गर्न मोलमोलाई गरिरहेको अवस्थामा अग्रवाललाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ । कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका अग्रवालले केही दिनअघि चीनबाट ब्यापारिक प्रयोजनका लागि कोरोना भाइरस सम्वन्धी स्वास्थ्य उपकरण सात टन खरिद गरि ल्याएको जानकारी प्रहरीले दिएको छ ।

सो उपकरणहरू मध्ये थर्मल गनको विक्रीमा शंकर ग्रुपले चर्को मूल्य लिएको सूचना पाएपछि अपराध महाशाखा प्रहरीको टोली ग्राहक बनेर अग्रवालको सम्पर्कमा पुगेको थियो । ब्यापारी अग्रवालले यस्तो संकट र महंगीको वेला १५ हजार भन्दा कम मूल्यमा सामान वित्री गर्न नसक्ने जनाउ दिएपछि पक्राउ गरिएको हो । केही दिन अघि नेपाल एयरलायन्सबाट चीनको ग्वाङझाओबाट ल्याइएको छ ७.५ टन स्वास्थ्य सामग्रीहरूमा नेपाल सरकारको संगै चौधरी गु्रप र शंकर ग्रुपको समेत सामग्री रहेको बताइएको छ । महाशाखाका प्रमुख सहकुलबहादुर थापाले अग्रवाललाई कालोवजारी कसुर अन्तरगत कानुनी कारवाहस्का लागि छलफल भइरहेको जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्