Logo

प्रदेश २ मा ११९ को नमूना सङ्कलनमा १०३ भाइरस फेला परेन



काठमाडौँ, २६ चैत । प्रदेश नं. २ मा मङ्गलबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । सङ्कलितमध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जानकारी दिएका छन् ।

मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ । उनले नमूना सङ्कलन र परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको बताएका छन् । सचिव घिमिरेले आशङ्का गरिएकाको स्वाबको नमूना सङ्कलनको गति र क्षमता बढाउन सरकारले गृहकार्य गरिरहेको छ भन्दै यसमा सङ्घीय सरकारबाट सहयोग आश्वासन प्राप्त भएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्