Logo

‘कोरोनाविरुद्ध उच्च सावधानी’



काठमाडौँ, २६ चैत । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताएको छ । झन्डै चार सय किलोमिटर खुला सिमानाको चुनौती रहेको यो प्रदेशमा उच्च सावधानीकै कारण अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन ।

गोरखापत्रसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले भने, “अहिलेसम्म हामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं ।”

अस्पताल र प्रयोगशाला
मुख्यमन्त्री पोखरेलका अनुसार कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको छ । प्रदेशभर कोरोना विशेष चारवटा अस्पताल तयारी अवस्थामा छन् । बुटवलको धागो कारखानामा सञ्चालित अस्पताल स्तरीय र व्यवस्थित भएको छ । अन्य अस्पताललाई पनि स्तरीय बनाइँदैछ । बिरामी कहाँ राख्ने भन्ने समस्या छैन । जनशक्तिको प्रबन्ध पनि भइसकेको छ । प्रदेशमा तीनवटा कोरोना प्रयोगशाला सञ्चालनमा आउँदैछन् । रुपन्देहीमा आइतबारबाट प्रयोगशाला सञ्चालनमा आइसकेको छ ।

नेपालगन्जको प्रयोगशालामा उपकरण ल्याइँदैछ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि तयारी तीव्र पारिएको छ । मुख्यमन्त्रीले भने, “यो अवस्थालाई अवसरका रूपमा लिँदै यी प्रयोगशालालाई अन्य सबै प्रकारका सरुवा रोगको परीक्षण गर्न मिल्ने गरी दीर्घकालीन महìवका बनाइँदैछ ।” (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्