Logo

कार्यान्वयनमा ध्यान दिन राप्रपाको आग्रह



काठमाडौँ, २६ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ । सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र व्यवस्थापकीय कार्य क्षमता तथा कार्यशैलीमा सुधार गर्न राप्रपाले सुझाव दिएको छ ।

लकडाउनको अवधि बढाउने सरकारको निर्णयलाई सकारात्मकरूपमा लिएको जनाउँदै राप्रपाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा अझ अनुशासित एवं मर्यादित ढङ्गले सफल तुल्याउन सम्पूर्ण नेपालीसमक्ष अनुरोधसमेत गरेको छ ।

कोरोना प्रकोप नियन्त्रण तथा राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारलाई थप र स्पष्ट जिम्मेवारी दिन तथा आवश्यक साधन स्रोत उपलब्ध गराउन पनि सो पार्टीले आग्रह गरेको छ ।

“स्थितिलाई अनियन्त्रित एवं विस्फोटक हुनबाट रोक्न सरकारले अविलम्ब थप परीक्षण प्रयोगशाला स्थापना गरी आवश्यक दक्ष प्राविधिक जनशक्ति परिचालन गनुर्छ”, विज्ञप्तिमा भनिएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राख्न राप्रपाले सरकारसँग आग्रह गरेको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्