Logo

नेपालमा ९ जना कोरोना संक्रमित, मृत्यु संख्या सुन्य



काटमाडौँ,२६ चैत । नेपालमा कोरोना भाइरसको संक्रमणबाट नौँ जना प्रभावित भएका छन् । नेपालमा भने भाइरसको कारण ज्यान गुमाउनेको संख्या सुन्य रहेको छ । नौँ जना संक्रमित मध्ये एक जना उपचारपछि सकुसल घर फर्केका छन् ।

नेपालमा देखापरेका कोरोना संक्रमित मानिसहरु बाहिरी देशबाट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरसको संक्रमण्मा रोक लगाउन नेपाल सरकारले लकडाउन समेत गरेको छ । नेपाल भित्रिने सम्पूर्ण नाका समेत बन्द गरेको छ ।

नेपालमा हालसम्म दई हजार एक सय २२ जनाको कोरोना परिक्षण गरिएको छ भने एक सय जना आईसोलनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्