Logo

कोरोना भाइरस पहिलोपटक पत्ता लागेको वुआन शहरमा लकडाउन खुल्यो



एजेन्सी, २६ चैत्र । ७६ दिनको लकडाउनपछि चीनको वुआन शहर खुलेको छ । हुबई प्रान्तको राजधानी वुआन कोरोना भाइरस पहिलोपटक पत्ता लागेको शहर हो । जहाँ साँढे दुई महिनाको लकडाउनपछि मानिसहरु घरबाहिर निस्किएर नियमित गतिविधिमा लागेका छन् ।

वुआन पुनः शुरु भएपछि त्यहाँका बासिन्दा निकै खुशी भएको ग्लोबल टाइम्सले जनाएको छ । कतिपयले यसलाई ठूलो जित मानेका छन् । केटाकेटीहरु खेल्नका लागि घरबाहिर निस्केका छन् ।

२३ जनवरीमा महामारी रोकथामका लागि वुआनमा लकडाउन गरिएको थियो । रेलहरु पुनः संचालनमा आएका छन् । आज नै ३० प्रतिशत रेल सेवा शुरु भएको छ । अझैपनि महामारीको खतरा भएकाले विस्तारै नियमित सेवा बढाउँदै लाने बताइएको छ ।

वुआनमा रहेकाहरु बाहिर जान थालेका छन् । लकडाउनले रोकिएकाहरु पनि निस्कन थालेका छन् ।

आज नै २ सय फ्लाइट संचालनमा आएको छ । सडक र रेल्वे संचालनमा आएको छ । -Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्