काठमाडौँ २६ चैत : लोक सेवाले लिने सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । लोक सेवा आयोगले वैशाख १ देखि सञ्चालन हुने लिखित र अन्तर्वार्ता लगायतका सबै कार्यक्रम स्थगन गरेको हो। कोरोना भाइरसलाई मध्यनजर गर्दै २०७६ सालको चैत मसान्तसम्म हुने लिखित र अन्तवार्ताका कार्यक्रम स्थगनको पुर्वसुचना अनुसार नै अर्को सूचना प्रकाशन नभएसम्म स्थगन रहेको आयोगले जनाएको छ।
लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जारी गरेको सूचनाअनुसार चैतको अन्तिम बुधबार प्रकाशन गर्नुपर्ने रा।प्र। अनं द्वितिय श्रेणी प्राविधिक पदको परीक्षा पनि स्थगन गरिएको जनाएको छ। आयोगले स्थिति सामान्य हुनासाथ, स्थगन भएका कार्यक्रमहरूको नयाँ कार्यतालिका सार्वजनिक हुने जनाएको छ।





प्रतिक्रिया