Logo

बन्दिपुरमा लकडाउन उलङ्घन गर्नेलाई गाउँपालिकाको एक हजार जरिबाना



तनहुँ, २६ चैत्र । बन्दिपुरमा लकडाउन उलङ्घन गर्नेलाई गाउँपालिकाले एक हजार जरीवाना लिन थालेको छ । लकडाउनमा मोटरसाइकल चलाएको भन्दै बन्दिपुर गाउँपालिकाले एक हजार जरीवाना लिएको हो । यसको रसिद समेत थमाएको प्रमाण फेला परेको हो ।

चैत्र २४ मा वडाले गरेको विपन्न वर्गलाई सरकारको राहत वितरण समान नभएको भन्दै स्थानियहरुले विरोध गरेका कारण चैत्र २५ मा सिमलटारमा वितरण कार्यक्रमको आयोजना वडाले गरेको थियो । यस विषयमा पटक पटक विवाद र झडप समेत स्थानियवासीहरु बीच भएको छ । उक्त कार्यक्रममा राहतको लागि जाँदा मोटरसाइकल नियन्त्रणमा लिई गाउँपालिकाले एक हजार रुपैयाँको चिट काटेको बुझिएको छ । वडाका वडाध्यक्ष कृष्ण प्रसाद लामिछानेकै निर्देशनमा चिट काटिएको बुझिएको छ । गाउँपालिकाको यस्तो कार्यबाट स्थानियहरु आक्रोसित भएका छन् । नेकपाको कार्यकर्ता काशीनाथ भट्टराईले रसिद काटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्