Logo

३० वर्ष बित्यो बहुदल स्थापना



काठमाडौं, २६ चैत्र । आज २६ चैत्र । एकदलीय पञ्चायती व्यवस्था अन्त भई बहुदलीय व्यवस्था अन्त भएको दिन । आजकै दिन लाखौं नागरिक सडकमा उत्रिएर बहुदल स्थापनाको खुशी मनाएका थिए ।

२६ चैत्र २०४६ सालमा नेपाली काँग्रेसका तत्कालिन सर्वमान्य नेता गणेशमान सिंहको कमाण्डमा काँग्रेस र कम्युनिष्ट मिलेर जनआन्दोलन सफल बनाएर बहुदलीय व्यवस्था ल्याउन सफल भएका थिए । यो ३० वर्षमा देशले विभिन्न आरोह अवरोह पार गरिसकेको छ ।

देशमा अर्को जनआन्दोलन भई राजसंस्था नै समाप्त भएको छ । दश वर्ष लामो हिंसात्मक माओवादी जनयुद्ध भएपछि शान्ति सम्झौता सम्पन्न भई देश एकात्मक राज्यप्रणालीबाट संघीय राज्यप्रणालीमा गइसकेको छ ।

जनताका धेरै आशाहरु बढेपनि कतिपय सुस्तरी पूरा हुँदैछन् भने कतिपय पूरा हुन सकिरहेका छैनन् । बहुदलीय व्यवस्थाका लागि संघर्ष गरेका नेताहरु नै अहिले शासनसत्तामा छन् । तर, नेता उही भएपनि कार्यशैली खासै नबदलिएको गुनासाहरु आइरहेका छन् ।-Photo Source: FB Page of Prakashman Singh



प्रतिक्रिया दिनुहोस्