Logo

चौधरी फाउण्डेशनद्धारा सरकारलाई एक हजार थान पीसीआर रिएजेन्ट प्रदान



काठमाडौं, २६ चैत्र । मुलुककै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ’पीसीआर रिएजेन्ट’ (स्वास्थ्य परीक्षण सामग्री) हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले जनाएअनुसार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनद्धारा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

फाउन्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सराहनीय भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिए । आवश्यकता परेका बेला आगामी दिनमा पनि यस्तै सहयोगका लागि खुला ह्रदयले तयार रहनसमेत उनले आग्रह गरे ।

यता, फाउण्डेशनका अध्यक्ष चौधरीले भने आफ्नो ट्विटरमा यस्तो लेखेका छन्,”आज चौधरी फाउन्डेसनले सरकारका स्वास्थ्यमन्त्री माननीय भानुभक्त ढकालज्यूलाई १,००० थान एऋच् च्भबनभलत हस्तान्तरण गरेको छ । यसबाट कोरोनाभाइरस उपचार प्रभावकारी हुनेमा विश्वस्त छु ।”



प्रतिक्रिया दिनुहोस्