Logo

लकडाउनमा भन्सार प्रक्रियाबाट भित्रिने सामान नराेकिने



काठमाडौं, २६ चैत्र । भारतबाट नेपाल प्रवेश गरेका मालवाहक सवारी साधन चालक तथा सहचालकलाई विशेष सतर्कताका साथ लकडाउनको पालना गराइएको छ ।

भारतका विभिन्न प्रान्तबाट सामान लिएर पूर्वी प्रवेशद्वार काँकरभिट्टाबाट मेची भन्सार कार्यालय आउने सवारी साधनलाई स्प्रे गरिएको छ भने चालक र सहचालकलाई सेनिटाइजर, ज्वरो नाप्ने लगायतको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको मेची भन्सार अधिकृत प्रमुख ध्रुवबहादुर विश्वकर्माले बताए ।

भारतबाट सयौँ मालवाहक सवारी साधन र त्यसका चालक–सहचालक नेपाल भित्रिने गरेको प्रति आम नागरिकले चासो बढाएका छन् । त्यो स्वाभाविक पनि छ, विश्वकर्माले भने तर भन्सार प्रक्रियाबाट भित्रिने सबै सामान जाँचपास गरेर नेपाल भित्रिरहेका छन् । त्यसमा रोक लगाउन मिल्दैन । सामान लिएर आएका कतिपय सवारी साधन भन्सार परिसरमै पल्टि हुन्छन् र ती पुनः भारत नै फर्किन्छन् भने पल्टि नहुने सवारी साधनमा स्प्रे र चालक–सहचालकलाई आवश्यक स्वास्थ्य परीक्षणका प्रक्रिया पु¥याएर मात्रै नेपाल प्रवेश गर्न दिने गरेका छौँ ।

यता पश्चिम बंगाल सरकारले भुटान, बंगलादेश र नेपालका सीमा नाका लक गर्ने निर्णय गरेको छ । तर नेपाली प्रशासनलाई लिखित जानकारी नआए पनि मौखिक जानकारी आइसकेको छ ।

लकडाउनको समयमा भारतबाट आउने मालवाहक सवारी साधन र चालकले कोरोना संक्रमण सार्न सक्ने आम जनगुनासो बढेपछि विशेष सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणाले बताएका छन् । राणाका अनुसार सवारीमा स्प्रेसँगै चालक र सहचालकलाई बस्ने र खाने भन्सार परिसरभित्रै व्यवस्थापन गरिएको छ । उनीहरुलाई बाहिर निस्कन नदिन र सामाजिक दुरी कायम राख्ने व्यवस्थापनमा प्रहरीले निगरानी बढाएको बताए ।

भारतीय भन्सारले तीन दिनदेखि आउन नदिएका मालवाहक सवारी साधन बुधबारमात्रै आएका छन् । भारतबाट ग्यास, कोइला, क्लीनर, बुलेट, साग सब्जी, फलफूल लगायतका सामन आउने गरेको छ ।-(मेरो लगानीबाट) File Photo



प्रतिक्रिया दिनुहोस्