Logo

आज २०७६ चैत्र २६ गते बुधबारको राशिफल



काठमाडौं, २६ चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र २६ गते बुधबार इश्वी सन २०२० अप्रिल ८ तारीख चैत्र शुक्लपक्ष पुर्णिमा तिथी हस्ता नक्षत्र पश्चात चित्रा नक्षत्र ब्याघात योग बव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा आनन्द योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु हनुमान जयन्ती मन्वादि, देवीयात्रा वैशाखस्नान आरम्भ बालाजुस्थित बाइसधारा मेला, लमजुङस्थित यलुङपोखरी मेला, ल्हुतिपुन्ही, ल्हुतिस्नान, बौद्ध तेमाल जात्रा, बैतडीको गुजर, बनारसी मन्दिरमा कोटिहोम मेला समाप्ति, बाइजुराज जन्मोत्सव कृष्णप्रणामी (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिष्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश तथा विदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरिरहेको कार्य परिर्वतनको सम्भाबना रहेकोछ । अध्यन अध्यनमा समय मध्यम रहेतापनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ । आँट तथा साहसको कमी भएको महसुस रहनेछ । आम्दानीको तुलनामा अधिक खर्चहुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजनहरु सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा विशेष जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नुपर्ने समय रहेकोछ । सामाजिक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन । इष्टमित्रजनहरुको साथ र सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जनमूलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरुसँगको भेटघाटले मन हर्षित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । खानपानको कारण स्वास्थ्यसम्बन्धी सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको साथ र सहयोले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्रोत र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रापश्चात् कार्य सिद्यि हुनसक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा काट्ने हरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीकाबीच मनमुटाब रहन सक्छ । व्यापार तथा व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तन हुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारिरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानी गर्दा बिशेष होस पुर्याउनुपर्ने समय रहेको छ । आफन्तजनबीच भेटघाट हुनसक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वास्थ्यसम्बन्धी समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुनसक्छ । खानपानको क्षेत्रमा सजग रहनुहोला । बोलीको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानी क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्यि हुने छ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरुबीचको भेटघाटले मन प्रशन्न रहने छ । परिवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।



प्रतिक्रिया दिनुहोस्