Logo

मिस इंग्ल्यान्डको ताज त्यागेर कोरोना संक्रमितको उपचारमा फर्किइन् भाषा



एजेन्सी, २६ चैत्र । मिस इंग्ल्याण्ड २०१९ भाषा मुखर्जी कोरोना भाइरस महामारीका विरुद्ध लड्न चिकित्सा पेशामा फर्किएकी छिन् । विश्वभर कोरोना महामारी फैलिएसँगै सुन्दरी प्रतियोगिताको ताज त्यागेर डाक्टरी पेशामा फर्किन लागेको उनले खुलाउँदा धेरैले प्रशंशा गरेका थिए । मानिसहरु कोरोनासँग डराएर डाक्टरी पेशा नै छाड्ने र अस्पताल जान छाडिरहेको बेलामा उनले ठूलो साहस र त्याग देखाइन् ।

२०१९ मा विश्व सुन्दरी प्रतियोगितामा इंग्ल्याण्डको तर्फबाट भाग लिएपछि मुर्खजीले चिकित्सकको पेशाबाट विश्राम लिएको बताएकी थिइन् । उनको विश्राम सन् २०२० को अगस्टसम्मलाई थियो ।

‘म अफ्रिका, टर्कि, भारत, पाकिस्तान र धेरै एशियन मुलुकमा परोपकारी कामका लागि आमन्त्रित थिएँ तर इंग्ल्याण्डमा कारोना संक्रमण बढ्दै गएको र अवस्था अत्यन्त कष्टपरक रहेको जानकारी पाएँ,’ उनले भनिन् ।

२४ वर्षीया भाषाले अस्पतालका व्यवस्थापन समुहसँग आफु काममा फर्कन चाहेको भन्दै सम्पर्क गरेकी थिइन् । विश्वभरका मानिस कोरोना भाइरसका कारण मृत्यु भइरहँदा र आफ्ना सहकर्मीले मेहनतका साथ सेवा गरिरहँदा आफूलाई मिस इंग्ल्याण्डको ताज भन्दा समाज सेवा ठूलो लागेको भाषाले स्पष्ट पारेकी छिन् ।

हामीबाट विदेशमा मानविय कार्य गर्दा समेत ताज पहरिएर सुन्दर देखिने आशा गरिन्छ । तर उनले थपिन्, ‘म घर फर्किन चाहन्थेँ र घरबाट सिँधै काममा फर्किन चाहन्थेँ।’

भाषा ९ वर्षको उमेरमा भारतको कलकत्ताबाट अंंग्रेजी शहर डर्बी आएकी थिइन्। उनी भन्छिन्, ‘मलाई महसुस भयो कि मैले यो डिग्री किन पाएँ र यो भन्दा उचित समय के हुन सक्छ यस क्षेत्रमा समावेश हुन रु पुरा विश्वले जसरी महामारीका प्रमुख कामदारहरुको उत्सव मनाइरहेको थियो, म पनि ति मध्यकी बन्न चाहन्थे र मलाई थाहा छ कि म यो समयमा मद्धत गर्न सक्छु ।’

भाषा बुधबार ब्रिटिश उच्च आयोगको सहयोगमा भारतबाट फर्केकी छिन् । भाषाका अनुसार मिस इंग्ल्याण्ड हुने र इंग्ल्याण्डलाई सहयोग गर्ने यो समय भन्दा उपयुक्त समय कहिले हुने छैन ।

भाषाले आफूलाई स्वयं आइसोलेसनमा राखेकी छिन् । उनी एक वा दुई हप्ताकालागि आइसोलेशनमा रहने छिन्,त्यसपछि मात्र उनी चिकित्सकका रुपमा पिलग्रिम अस्पताल जान सक्नेछिन् । उनले रेस्पिरेटरी मेडिसिनमा विशेषज्ञता हासिल गरेकी छिन् तर हाल बेलायतमा चिकित्सकलाई आवश्यकता अनुसारको क्षेत्रमा खटाइएको छ ।

हालसम्म इंग्ल्याण्डमा ५१ हजार ६०० भन्दा बढि कोरोना भाइरस संक्रमित  छन् भने ५ हजार ३०० भन्दा बढिको मृत्यु भइसकेको छ । बेलायतका कार्याकारी प्रमुख प्रधानमन्त्री नै कोरोना संक्रमणका कारण सघन उपचारमा छन् ।



प्रतिक्रिया दिनुहोस्