Logo

उत्तर कोरियामा कोरोना संक्रमित भेट्ने वित्तिकै गोली हानी मारियो !



सँसारका सबैजसो देशमा कोरोना भाइरसको संक्रमित भेटिइसक्दा पनि उत्तर कोरियाले एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । कोरोना भाइरस शुरु भएको भनिएको चीनसँग उसको निकट सम्बन्ध मात्र छैन आवागमन पनि छ । कोरोना संक्रमण फैलिएको दक्षिण कोरिया र रुससँग पनि उत्तर कोरिया जोडिएको छ । तर, त्यहाँ अहिलेसम्म एउटा पनि संक्रमित रहेको रिपोर्ट आएको छैन ।

हुन त उत्तर कोरियाले जनवरीबाट नै सबै सीमा बन्द गरेको छ । उसले जमिन र समुन्द्र मार्ग समेत ठप्प पारेको थियो । संक्रमणको जोखिम रोकथामका लागि कडाई गरेको थियो ।

उत्तर कोरियामा कोरोना भाइरसका संक्रमितहरु भेटिएको विषय नआएको होइन । तर, उनीहरुलाई मारिदिएको आशंका गरिएको छ । उत्तर कोरियाका शासक किम जोङ उनको निर्देशनमा ती कोरोना संक्रमित मारिएको एकजना सामाजिक सञ्जालमा सक्रिय व्यक्तिले खुलाएका थिए । सेकरेट बेइजिङ नामका ती सामाजिक सञ्जाल प्रयोगकर्ता आफूलाई चीन मामलाका विश्लेषणकर्ता भन्छन् । उनको दाबी अनुसार कोरोना संक्रमितलाई उत्तर कोरियामा गोली हानी मारिएको थियो । यद्यपि त्यसको कतैबाट पुष्टि भइसकेको छैन ।

मार्च महिनाको पहिलो हप्तामा एकजना उत्तर कोरियाली व्यापार अधिकारीलाई गोली हानी मारिएको रिपोर्ट आएको थियो । ती अधिकारीलाई कोरोना भाइरसको क्वारेन्टाइनमा राखिंदा सार्वजनिक स्नानगृहमा पुगेर जोखिम बढाएको भन्दै हत्या गरिएको आइबी टाइम्सले लेखेको छ ।
तर, औपचारिक विज्ञप्तिमा उत्तर कोरियाली बारम्बार कोरोना भाइरसको संक्रमित नभेटिएको दाबी गर्दै आएको छ । उत्तर कोरियाले विश्व स्वास्थ्य संगठनलाई आशंकितहरुको टेष्टका क्रममा नेगेटिभ नतिजा आएको जानकारी भने दिएको छ ।

दक्षिण कोरियाली मिडियाले भने उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण भेटिएको र केही मानिसको मृत्यु भइसकेको लेख्दै आएका छन् । दक्षिण कोरियाली पत्रिका चोसन इल्बोले संख्या र स्थान नै उल्लेख गरेर कोरोना भाइरसको संक्रमण उत्तर कोरियामा भएको उल्लेख गरेको छ । उत्तर कोरियाको भित्री स्रोत उल्लेख गर्दै दक्षिण कोरियाबाट प्रकाशित हुने डेली नर्थ कोरियाले भने मार्चको दोस्रो हप्तामा पाँच जना कोरोना संक्रमणबाट मृत्यु भएको रिपोर्ट प्रकाशित गरेको थियो । –एजेन्सीको सहयोगमा File Photo Source: Business Insider



प्रतिक्रिया दिनुहोस्

Screenshot