Logo

पुटिनले कोरोनाविरुद्धको भ्याक्सिन विकासको सम्भावनाबारे विज्ञसँग छलफल गरे



एजेन्सी, २६ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको सम्भावनाबारे छलफलमा लागेका छन् । उनले भ्याक्सिन विकासबारे विज्ञहरुसँग छलफल गरेका छन् ।

रुसी समाचार संस्था तासका अनुसार पुटिनले भ्याक्सिनको विकासको सम्भावनाबारे गम्भीर छलफल गरेका छन् । रुसमा कोरोना भाइरसको संक्रमित संख्या बढिरहेपछि पुटिनले विज्ञहरुसँग सल्लाह लिएका हुन् ।

यसैगरी, रुसले सन् २०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने गरी काम बढाइरहेको छ । रुसको भ्याक्सिन निर्माता एजेन्सीले यसको पुष्टि गरेको छ ।

ULYANOVSK, RUSSIA – MARCH 20, 2020: An employee at the TestGene company developing and manufacturing molecular genetics test kits. Yegor Aleyev/TASS
Ðîññèÿ. Óëüÿíîâñêàÿ îáëàñòü. Óëüÿíîâñê. Â èíæåíåðíîé ëàáîðàòîðèè “ÒåñòÃåí”. Êîìïàíèÿ “ÒåñòÃåí” çàíèìàåòñÿ ðàçðàáîòêîé è ïðîèçâîäñòâîì òåñò-ñèñòåì äëÿ ìîëåêóëÿðíîé ãåíåòèêè. Åãîð Àëååâ/ÒÀÑÑ

रुसी समाचार संस्था तासले फेडरल मेडिकल बाइयोलोजिनक एजेन्सीका प्रमुख भेरोनिका स्भोरटोसोभाको भनाई उदृत गर्दै यो वर्षको अन्तसम्ममा भ्याक्सिन विकास भइसक्ने आशा गरिएको जनाएको छ । जुनको मध्यसम्ममा प्रिक्लिनिकल चरणमा पुग्ने र पहिलो चरणको क्लिनिकल परीक्षण यस वर्षभित्र भइसक्ने भनेकी छिन् ।

रोसिया २४ टीभी च्यानलमा अन्तवार्ता दिदै स्भोरटोसोभाले यो वर्षको अन्तसम्मा यथार्थ चित्र आइसक्ने बताइन् । यो हप्ताभित्र नै एन्टि कोभिड १९ को एन्डीबोडी तयार भइसक्ने बताइन् । रुसले सटिक तरिकाले परीक्षण गर्न लागेको जनाएको छ ।

विश्वका शक्तिशाली देशहरु कोरोना भाइरसको भ्याक्सिन बनाउन सक्रिय भइरहँदा रुसले पनि यसै वर्षभित्र विकास गरिसक्ने जनाएको छ । अमेरिका, चीन, भारत, अष्ट्रेलियालगायतका देशहरु भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । उनीहरुले रिसर्चका लागि अरबौं डलर खर्च गरिरहेका छन् ।-File Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्