Logo

देशभरि कुल २३ सय ६६ जनाको कोरोना परीक्षण, नयाँ संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय



काठमाडौं, २६ चैत्र । नेपालमा कुल २३ सय ६६ जनाको कोरोना भाईरसको परीक्षण गरिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराईएको हो । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा आजसम्म १९६५ को कोरोना भाइरसको परीक्षण भएको छ भने काठमाडौं बाहिरको ४०१ जनाको परीक्षण भएको छ । नयाँ संक्रमण देखिएको छैन् ।

देशभरि २३ सय ६६ जनाको कुल परीक्षण भएको छ । आजपनि करिब १८० केशका नमूना रन भैरहेको उनले जनाए । उनले भने,”उपत्यकाबाहिरबाट आउने क्रम जारी छ । उनकाअनुसार काठमाडौं उपत्यकामा १२ जना र काठमाडौं बाहिर १२२ गरि कुल एक ३४ जना अहिले आईसोलेशनमा रहेका छन् ।”



प्रतिक्रिया दिनुहोस्