Logo

इस्लाम धर्मावलम्बीका पर्व ‘सब—ए—बारात’ सरल तरीकाले मनाइने



नेपालगञ्ज, २६ चैत : बाँकेका इस्लाम धर्मावलम्बीले यस वर्षको ‘सब—ए—बारात’ पर्व साधारण तथा सरल तरिकाले मनाउने भएका छन् । इस्लाम धर्मावलम्बीले यस दिन आप्mना दिवंगत पुर्खाको सम्झनामा मस्जिदमा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने र कब्रस्तानमा तिनप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने प्रचलन छ ।

यस वर्ष भने कोभिड—१९ ले निम्त्याएको महामारीका कारण बिहीबार घरमै साधारण र सरल तरीकाले मनाउन लागिएको धर्मगुरु मौलाना अब्दुलजब्बार मञ्जरीले बताए ।

नेपालगञ्जस्थित जामा मस्जिद सञ्चालक समिति, धर्मगुरु, मौलाना र मुक्तिहरुको बैठकले पनि यस वर्षको सब—ए—बारात पर्व घरमै साधारण तथा सरल तरीकाले मनाउने निर्णय गरेको छ । यस पर्वमा विशेष परिकारका रुपमा तयार गरिएको ‘सुबेरात हलुवा’ सेवन गरिने तथा गरीब, विपन्न र असहायलाई दानदक्षिणा दिने र भोजन गराउने प्रचलन पनि छ ।

पर्वको पूर्वसन्ध्यामा यहाँको मुसलमान समुदायले आज आआप्mना घरको सरसफाइ तथा सामाजिक दूरी कायम गरी बजारबाट खाद्य सामग्री खरीद गरिरहेका छन् । स्थानीय प्रशासनले बिहान र अपराह्न सामाजिक दूरी कायम गरी तरकारीलगायत खाद्य सामग्री र ओखतीमूलो खरीद गर्न सक्ने व्यवस्था मिलाएकाले पनि पर्वका लागि सामान खरीद गर्न सहज भएको नेपालगञ्ज—१४ का मोहम्मदसब्बीर हल्वाईले बताए ।

बाँकेका ३० भन्दा बढी मस्जिदको मंगलबार अनुगमन गरेर त्यहाँका धर्मगुरु, मौलानासँगग भीडभाड नगरी पर्व मनाउन आग्रह गरिएको र उनीहरु पनि सहमत भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

‘सब—ए—बारात’ लाई इदको पूर्व तयारीका रुपमा पनि लिने गरिएको मुसलमान अगुवा पत्रकार सिराज खानले बताए । ‘पन्ध्र दिनपछि इदको एक महिने रोजा शुरु हुँदैछ, सब—ए—बारात पर्वपछि मुस्लिम समुदाय त्यसैको तयारीमा लाग्नेछन् । लकडाउनले भने इदको तयारीको समयलाई अलि कसिलो बनाउने हो कि भन्ने चिन्ता समुदायलाई छ’, खानको भनाइ छ ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार बाँकेको कूल जनसंख्या चार लाख ९१ हजार ३१३ मध्ये मुसलमानको संख्या ९३ हजार २६३ छ ।



प्रतिक्रिया दिनुहोस्