Logo

कोरोना संक्रमणबाट न्युयोर्कमा नेपाली मूलका ङिमा शेर्पाको निधन



न्युयोर्क, २६ चैत्र । कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा आज विहान नेपाली मूलका ङिमा तेम्बा शेर्पाको निधन भएको छ । उनको निधनमा शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गरेको छ । शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान पाँच बजेर अठार मिनेट हुँदा क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको किदुगले जनाएको छ ।

ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्ता देखि सो अस्पतालमा उपचाररत थिए । शेर्पा किदुगले भनेको छ – ‘यो दुखद समाचार शेर्पा किदुगलाई आज बिहान वहाँका दाजु ल्हाक्पा युला शेर्पाले फोन मार्फत पुष्टी गर्नु भएको हो।’

‘दिवंगत आजीवन सदस्य शेर्पाको अतिसिघ्र शुद्ध भुवनमा पुनर्जन्मको कामना सहित शोक संतप्त परिवार प्रति शेर्पा किदुग अमेरिका हार्दिक समवेदना प्रकट गर्दछ।’ –  किदुगले सामाजिक सञ्जालमार्फत भनेको छ ।

यसअगाडि अस्पतालले शेर्पालाई बचाउन नसकिने जानकारी परिवारलाई दिएको भन्दै परिवारका सदस्यहरुले मृत्यु भएको खबर सार्वजनिक गरेका थिए । परिवारका सदस्यहले शेर्पाको काजकृया समेत सुरु गरेका थिए । तरपछि अस्पतालले मुटु चलेको जानकारी दिएको बताइएको थियो ।

कोरोनाको महामारी सुरुभएपछि १५ दिनको अन्तरालमा न्युयोर्कका ५ जना नेपालीहरुको निधन भएको छ । तर सबैको निधन कोरोनाको कारण भएको बताइएको छैन ।-खसोखासबाट



प्रतिक्रिया दिनुहोस्