Logo

भारतीय प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक,कोरोनाबारे छलफल



२६ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले उनले सर्वदलीय बैठक गरेका अधिकारीहरुले जनाएका छन् ।

लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग उनले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो ।प्रधानमन्त्री मोदीले यसअघि केहीदिन पहिलो मन्त्री परिषद्को बैठक पनि भिडियोमार्फत् नै गरेका थिए।

मन्त्रीपरिषद् बैठकमा उहाँले ‘लकडाउन’पछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका थिए । उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरुलाई सोमबार निर्देशन दिएका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दिर्घकालिन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनु पर्नेमा प्रधानमन्त्री मोदीको जोड थियो ।

आन्तरिक उत्पादनलाई जोड दिदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरुको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरु ल्याउन उनले आह्वान गरेका हुन् ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लागु हुनेगरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन लगाइएको छ ।

बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईका लागि सरकारले गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । उनले कोरोना भाइरस विरुद्धको लडाई सरकारको मात्रै लडाई नभएकाले साथ दिन सवै दलहरुलाई आह्वान गरेका थिए ।

अहिलेको विषम परिस्थितिमा सवै राजनीतिक दलहरुले संयुक्त बल लगाएर मात्रै कोरोना भाइरस विरुद्धको लडाइलाई सफलता हासिल गर्न सकिने उनको भनाई थियो ।

बैठकमा सवै दलहरुले हातेमालो गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्