Logo

यसरी भयो श्रीकृष्ण र बलरामको नामाकरण



वासुदेवको प्राथना यदुको पुरोहित महातवस्वी गर्गाचार्यजीको कानमा पुग्यो । उनलािई देखेर नन्द अत्यधिक प्रसन्न भए । उनले हात जोडेर प्रणम गरे र विष्णुतुल्य मानेर उनको पुजा गरे । यसपछि नन्दजीले भने– तपाइँले यी दुई बच्चाहरुको नामाकरण संस्कार गरीदिनुहोस् ।

तर गंगार्चायजीले भने यस्तो गर्नमा केही अड्चन छ । म यदुवंशियको पुरोहित हु, यदि तिम्रा यी छोराहरुको नामाकरण स्ंस्कार गरीदिए भने मानिसहरु यीनीहरुलाई देवकीको छोरा मान्छन किनकी कंसको पापमय बृद्धि छ । उसले सधै निरर्थक कुरा सोच्दछन् । अर्को तर्फ तपाइँ र वासुदेवको मित्रता छ ।

देवकीको आठौ सन्तान छोरा जन्मने र कंसको हत्या गर्ने योगमायाले कंससँग भनेकी थिइन् । गर्गाचार्य आफैले नामाकरण गरीदिएमा कंसल मारीदिने र अत्यधिक अनिष्ट हुने थियो ।

नन्दजीले गर्गाचार्यजीलाई एकान्त स्थानमा गएर नामाकरण गराइदिनुहोस् भने । त्यसैअनुसार गर्गाचार्यले एकान्तमा लगेर बच्चाहरुको नामाकरण गरीदिए । गर्गाचार्यले वसरदेवलार्य भने, रोहिणीको छोराले आफ्नो गुणले मानिसहरुलाई प्रसन्न गराउने छन् उसको नाम राम हुन्छ । यसैले मानिसहरुले बलराम भन्थे ।

गर्गाचार्यले यशोदा र नन्दनको छोरार्ला भने, तिम्रो दोस्रो छोरा प्रत्येक युगमा अवतार ग्रहण गरीरहन्छ । कहिले यसको वर्ण सेतो, कहिले रातो, कहिले पहेलो हुन्छ । पुर्वको प्रत्येक युगमा शरीर धारण गरीरहन्छ यसको तीन वर्ण भइसकेको छ । यसपटक कृष्ण वर्णको भएको छ उसैले यसको नाम कृष्ण हुन्छ । तिम्रो यो छोरा पहिले नै वसुदेव भएर जन्मे । वसुदेवको नामले विद्धान मानिसहरुले पुकार्थे ।



प्रतिक्रिया दिनुहोस्