Logo

सत्य र झुठबीचको फरक



एक पटक अकबरको दरबार बीरबल र अन्य मानिसहरुले भरीएको थियो । त्यसक्रममा अकबरले एक प्रश्न गरे, जसले दरबारै हल्लायो । अकबरले सोधे, सत्य र झुठमा कति फरक छ दुई तीन वा चार शब्दमा उत्तर देउ ।

प्रश्न सुनेर सबै दरबारका मानिसहरुको बोली नै बन्द भयो । यति सम्म कि अक्लमन्दको पनि बोली बन्द भयो । यो सबै अकबरले देखिरहेका थिए र बीरबलाई भने, ‘बीरबल तिमी बताउ, मेरो प्रश्नको जबाफ खोज ।’

बीरबलले भने, ‘महाराज तपाइँको प्रश्नको उत्तर उत्तर सत्य र झुठ मा चार औलाको फरक छ ।’ अकबर र दरबारीयाहरुले उनको कुरा सुनेर बुझेनन् अकबरले भने, ‘बीरबल छिटो खुलेर भन्छौ कि नही ।’ बीरबलले उत्तर दिए, ‘श्रीमान् आँखा कानबाट चार औला टाढा हुन्छ । कानबाट सुनेको कुरा झुठ र आँखाले देखेका कुरा सत्य हो ।



प्रतिक्रिया दिनुहोस्