Logo

तातो पानी पिउने र दैनिक योग गर्दाको फाइदा



कोरोना भाइरसले विश्व आक्रान्त बनेको बेला शरीरमा प्राकृतिक प्रतिरक्षा प्रणालीलाई स्वास्थ्य राख्नु निकै महत्वपुर्ण हुन्छ । बिरामी भएर उपचार गर्नुभन्दा बिरामी नै नहुनु राम्रो हो । कोरोना भाइरसको औषधि उपलब्ध नभएको बेला निवारक उपाय गर्नु धेरै राम्रो हुन्छ । जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई मजबुद बनाइदिन्छ ।

आयुर्वेद जीवनको विज्ञान भएकोले स्वस्थ र शुखी हुनको लागि प्रकतिसंग मिलेर प्रचार गर्दछ । स्वस्थ जीवन बनाउनको लागि मौसमी चीजको प्रयोग धेरै गर्नुपर्ने हुन्छ ।

  • दिनभर तातो पानी पिउने
  • दैनिक ३० मिनेट योग, प्राणायाम र ध्यानको अध्यास गर्ने
  • बेसार, जीरा, धनिया र लसुन जस्ता औषधि खानामा समाहित गर्ने

प्रतिरक्षा प्रणाली बलियो बनाउने उपाय

  • दैनिक एक चम्चा च्यवनप्राश खाने । यदि डायबेििटजको रोगी भएमा चिनी नभएको च्यवनप्रास खाने
  • दैनिक दुइृ पटक तुलसी, दालचिनी, काली मिर्च, सोठ र किशमिशबाट बनेको हर्बल चिया पिउने । यसमा स्वादको लागि कागतीको रस मिसाउन सकिन्छ ।
  • गोल्डेन दुधः १५० एमएल तातो दुध आधा चम्चा बेसारमा मिसाएर दिनमा एक पटक वा दुई पटक पिउने ।


प्रतिक्रिया दिनुहोस्