Logo

प्रेममा पर्नुको फाइदा



माया गर्नु वा माया जालमा पर्नु आफैमा आनन्दको महसुस हुनु हो । यसको अनुभव लिनलाई कसैलाई माया गरेको हुनुपर्छ ।माया प्रेमले सुमधुर सम्बन्ध मात्र होइन यसले स्वास्थ्यलाई नै निकै फाइदा पुंंं¥याउछ ।

  • तनाव कम गर्नेः प्रेममा निरन्तर खुशी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलाई कम गर्छ ।
  • लामो आयुः खुशी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाच्ने एक अध्ययनले बताएको छ । जोडी मध्ये एउटालाई समस्या पर्दा आपसमा छलफल गरेर समाधान निकाल्ने हुनाले विभिन्न रोगहरुबाट बचाउनुको साथै दिर्घजीवी हुने अवसर प्रदान गर्छ ।
  • शारीरीक स्फुर्ति बृद्धिः सल्लाह र मिलेर काम गर्ने हुनाले सजिलै आफ्नो उद्देश्य पुरा हुन्छ र एक आपसमा उत्प्रेरणा दिनुको साथै सुन्दर र फुर्तिलो हुन हौसला दिन्छ ।
  • छालामा चमकः संसारको खुशी आफैमा भएको महसुस गर्दा छालामा चमक बढ्छ । मायामा पर्दा इन्डोरथिन्स खुशी हुने हर्मोन निष्कासन गर्ने हुनाले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउछ ।
  • डिप्रेशन कम गर्छः माया गर्नेको साथ पाएपछि डिप्रेशनलाई सजिलै कम गर्न सकिन्छ । इन्डोरथिन्स हर्मोन उत्पन्न हुनाले डिप्रेशन कम हुंँदै जान्छ ।
  • उपचार छिटोः राम्रो स्थिर सम्बन्ध हुने जोडीको घाउ पनि अन्यको तुलनामा छिटो निको हुने अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशीत एक अध्ययनले जनाएको छ ।
  • मासिक धर्म नियमितः प्रेम र यौन सम्र्पकले मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot