Logo

अमेरिकामा कोरोना संक्रमित ४ लाख नाघ्यो, मृतक १३ हजार नजिक



एजेन्सी, २६ चैत्र । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मृतकको संख्या १३ हजार नजिक पुगेको छ ।

हालसम्म संक्रमित संख्या ४ लाख ४ हजार ५६ पुगेको तथ्यांक छ । मृतकको संख्या १२ हजार ९ सय ८८ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई हप्ता डरलाग्दो अवस्था रहेको बताएका थिए । उनको आँकलन जस्तै अमेरिकामा मृतकको संख्या बढिरहेको छ ।

यसैगरी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनको आलोचना गरेका छन् । यसअघि समयमै चीनबाट यात्रा बन्देज नलगाएको भन्दै आलोचना गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्