Logo

भारतमा ५४८० कोरोना संक्रमित, १६४ को मृत्यु



एजेन्सी, २६ चैत्र । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । त्यहाँ कुल संक्रमित संख्या ५ हजार कटेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५ हजार ४ सय ८० संक्रमित भएका छन् । १६४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा हिजो सर्वाधिक संख्या बढेको थियो । आज संख्या वृद्धिमा केही सुस्त गति देखिएको छ ।

दक्षिण एशियामा भारतपछि पाकिस्तानमा बढी संक्रमित छन् । त्यहाँ संक्रमित संख्या ४ हजार नाघिसकेको छ । रतमा संक्रमण बढ्न नदिन २१ दिने लकडाउन जारी छ । कोरोना रोकथामका लागि चालिएको कदमले निकै सफल देखिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्