Logo

अग्रवाललाई जोगाउन मन्त्री दुगढको दौडधुप, ओली रुष्ट



चैत २६, काठमाण्डौ । मंगलबार शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल कालोबजारी गरेको अभियोगमा प्रहरीबाट पक्राउ परे । यो घटनाले साना व्यवसायीले किर्तिम अभाव गराएर वा माग बढेको मौका छोपेर कालोबजारी गर्छन भन्ने तथ्यलाई गलत सावित गर्दै ठूला ब्यावसायीक घरानाको ठगी धन्दा पर्दाफास गरेको छ ।

तर उनै अग्रवाललाई छुटाउन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगढ सक्रिय भएको पाइएको छ । प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दुगढले अग्रवालको बचाउ गर्दै मुद्धा नचलाउन आग्रह गरेका थिए ।

तर ओलीले ठाडै अस्वीकार गरेको स्रोतले बताएको छ । संकटका बेला गलत काम गर्नेलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता ओलीले व्यक्त गरेका थिए ।

तर कालोबजारीलाई बचाउन लबिङ गरेपछि दुगढसमेत धरापमा परेका छन् । उक्त प्रस्ताव लगेसँगै दुगढसँग ओली रुष्ट बनेका छन् ।

ओलीले अस्वीकार गरेपछि दुगढ गृहमन्त्री रामबहादुर थापादेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु भेट्न पुगेका थिए । तर कसैले पनि दुगढको आग्रह नमानेको बताइएको छ ।

अग्रवालले करोडौँ कमिसनको लोभ देखाएर मन्त्री दुगढलाई लबिङ गर्न लगाएको स्रोतको दावी छ ।



प्रतिक्रिया दिनुहोस्