Logo

८७ हजारको मृत्यु, १५ लाख संक्रमित, अमेरिका संकटमा



चैत २७, काठमाण्डौ । कोरोना भाइरसले अहिलेसम्म (चैत २७, १२:१५बजे) ८७ हजार ३ सय ४५ जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल १४ लाख ९१ हजारभन्दा बढि संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख १९ हजार निको भएका छन् । तर उपचाररत १० लाख ८५ हजारमध्ये करिब ४८ हजारको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ६० हजार ५ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् भने ५ हजार ४ सयको मृत्यु भएको छ।

बुधबार एकै दिन बेलायतमा ९३८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन्। ६० हजार ७३३ जना संक्रमित मध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका हुन्।

त्यस्तै स्पेनमा एकै दिन ६२८ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १४ हजार ६७३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ४६ हजार ६९० संक्रमित छन्। जसमा ४ हजार ७ सय ४८ जना नयाँ संक्रमित भएका छन्।

इटलीमा एकै दिन ५४२ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ३९ हजार ४२२ संक्रमित छन्। जसमा ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

सबैभन्दा बढि संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ४ लाख १८ हजार पुगेको छ । त्यस्तै एकदिनमै अमेरिकामा १८ हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने बुधबार मात्रै १३ सय ९९ जनाको मृत्यु भएको छ ।  बुधबार अमेरिकामा सबैभन्दा धेरैको मृृृत्युु भएको हो ।

अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको कुुुल संख्या १४ हजार २ सय ४० पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।

त्यस्तै फ्रान्समा संक्रमित हुनेको कूल संख्या १ लाख १३ हजार पुगेको छ । मर्नेको संख्या १० हजार ८ सय ६९ पुगेको छ । त्यहाँ मंंगलबार मात्रै ५ सय ४१ जनाको मृत्यु भयो ।

त्यसैगरि चिनमा मर्नेको संख्या ३ हजार ३ सय ३३ पुगेको छ । नियन्त्रणमा आइसकेको भनिए पनि चिनमा बुधबार ६२ जना नयाँ संक्रमित भेटिए भने २ जनाको मृत्यु भयो।

चिनमा अहिले पनि ११ सय ९० जनाको उपचार भइरहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८१ हजार ८ सय २ हो ।

बेल्जियममा एकैदिन २ सय ५ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या २ हजार २ सय ४० पुगेको छ ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म ५ हजार ७ सय ४९ जना संक्रमित छन् भने १ सय ७८ जनाको मृत्युु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भयो भने ३ सय ९८ जनामा संक्रमण देखियो ।
यो भाइरस विश्वका २ सय ९ देशमा फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस्