Logo

बहराइनमा रहेका २२ जना नेपालीमा कोरोना संक्रमण



चैत २७, काठमाण्डौ । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

बहराइनमा अहिलेसम्म २२ नेपालीसहित कुल ८ सय २३ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२ जना संक्रमित थपिएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या १२ जना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्