Logo

डब्लूएचओका प्रमुखलाई ज्यान मार्ने धम्की 



जेनेभा, चैत २७ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् ।

महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको थियो ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो । तर टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलोचना र टिप्पणीको जवाफ नदिने जनाए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि कडा आलोचना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आरोप थियो । ‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए ।

तर उनले कसले धम्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट धम्की आएको उनको दावी छ । अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्